९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

विराटनगर पुगेका कोइरालाले भने: १५ औं महाअधिवेशनमा सभापतिमा उठ्छु

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले १५ औं महाअधिवेशनमा सभापतिमा उठ्ने बताएका  छन्।

बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै डा कोइरालाले १५ औं महाअधिवेशनमा पनि सभापतिमा उठ्ने बताएका हुन्।

डा कोइरालाले १४ औं महाअधिवेशनमा पराजित भएको निकटतम प्रतिद्वन्द्वी भएका कारण १५ औं महाअधिवेशनमा उम्मेदवारमा स्वतः दाबी रहने स्पष्ट पारे। ‘अहिले म देनभरका विभिन्न जिल्लाको भ्रमण गरेर साथीभाइ भेट्दैछु ’ डा कोइरालाले भने,‘अघिल्लो पटक पनि उठेको थिए सफल भइन फेरी सभापतिमा उठ्ने विषय स्वभाविक हो। अन्यथा लिनु हुँदैन।’ 

डा कोइरालाले एक हप्ताभित्रै कोशी प्रदेश सरकारमा कांग्रेस सहभागी हुने सम्भावना रहेको बताए। कोइरालाले भने, ‘सङ्घमा नेताहरूबिच कुराकानी भइरहेकाले एक हप्ता भित्रै कोसी सरकारमा  कांग्रेस सहभागी हुने सम्भावना छ।’

डा कोइरालाले  राजनीतिक स्थिरताका लागि कांग्रेस एमालेबिच समीकरण आवश्यक रहेकाले अहिलेको गठबन्धनलाई सफल बनाउन भूमिका खेल्ने स्पष्ट पारे। उनले कांग्रेस एमालेबिच समीकरण हुनुपर्छ भनेर आफूले एक वर्षदेखि कुरा उठाउँदै आएको पनि बताए। 

प्रकाशित: ३१ श्रावण २०८१ १६:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App