३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

जिफन्ट अध्यक्षमा श्रेष्ठ

काठमाडौँ (रासस)- नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को अध्यक्षमा विनोद श्रेष्ठ निर्वाचित हुनु भएको छ। सातौँ राष्ट्रिय महाधिवेशनले आज श्रेष्ठको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो।
चार वर्षे कार्यकालका लागि श्रेष्ठले अर्का प्रतिस्पर्धी विष्णु लम्सालसँग गोलाप्रथामा पराजित गर्दै निर्वाचित भएका हुन्। दुवैजनाको समान १९१ मत आएपछि गोलाप्रथाबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको वर्तमान उपाध्यक्ष जितेन्द्र श्रेष्ठले बताए।
लम्साललाई अनुशासन आयोगको अध्यक्ष बनाइएको छ। यसैगरी उपाध्यक्षमा विदुर कार्की, जितेन्द्र श्रेष्ठ, रमेश वडाल, मन्जु थापा, मीना गुरुङ, दीपक पौडेल, कमल गौतम र गुणराज आचार्य रहेका छन्।
यस्तै, महासचिवमा जनक चौधरी, उपमहासचिवमा गीता कार्की र दिनेश राई निर्वाचित भएका छन्। ‘सुदृढ लोकतन्त्र र समृद्ध श्रमजीवि वर्ग’ भन्ने नाराका साथ यही चैत १४ गतेदेखि महाधिवेशन काठमाडौँमा शुरु भएको थियो ।
महाधिवेशनमा ४१२ प्रतिनिधिसहित २० देशका ४८ जनाको सहभागिता रहेको थियो । जिफन्टमा चार लाख ४० हजार सदस्य आबद्ध रहेका छन् ।
 

 

प्रकाशित: १७ चैत्र २०७४ १४:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App