५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

संसद बैठक बस्दै, यस्ता छन् आजको कार्यसूची

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषदको मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् भने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पनि पढेर सुनाउने छन्।

त्यस्तै आजको बैठकमा पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८० पेस गर्नेछन्।

संसद सचिवालयका अनुसार आजको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१ पेस गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने कार्यसूची रहेको छ।

प्रकाशित: २९ श्रावण २०८१ ०६:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App