नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले वर्तमान सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर अघि बढ्नु उपयुक्त हुने धारणा राखेका छन् ।
सोमवार नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर सोही अनुरूप सरकार सञ्चालन गर्नुपर्ने बताए ।
सांसद केसीले सरकारको न्यूनतम साझा कार्यक्रम कांग्रेस र एमालेका बिचमा भएको सात बुँदे सहमतिको दिग्दर्शनमा आधारित भएर आउनुपर्ने बताए। उनले जनतामा देखिएको निराशा र असन्तुष्टि अराजकतामा परिणत हुन थालिसकेको भन्दै जनतामा आशा जगाउनुपर्ने बताए ।
सरकारले सुशासनमा केन्द्रित भएर न्यूनतम साझा कार्यक्रम बनाउनुपर्ने उनको धारणा थियो।भ्रष्टाचारको अन्त्य गर्नुपर्ने पनि उनले उल्लेख गर्नुभयो । सांसद केसीले आर्थिक क्षेत्र धराशयी भएको भन्दै आर्थिक क्षेत्रको सुधार गर्नुपर्नेमा पनि जोड दिए ।
प्रकाशित: २१ श्रावण २०८१ १८:४८ सोमबार