९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री र मन्त्रीहरुले भाषणलाई भन्दा कर्मलाई प्राथमिकता दिनुपर्छः महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री र मन्त्रीहरुले कर्मलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

आईतबार नेपाली कांग्रेसको पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले प्रधानमन्त्री र मन्त्रीहरुले भाषणलाई दोस्रो र पहिलो प्राथमिकता कर्मलाई दिनुपर्ने बताए। उनले इतिहासमा बोली नभइ कर्म बिक्ने बताए। नेपाली कांग्रेसका तत्कालिन सभापति एवं प्रधानमन्त्री सुशील कोईरालाको बोली अस्पष्ट भएपनि उनको नेतृत्वमा बनेको संविधान सबै नेपालीले बुझेको उनको जिकिर छ। उनले अहिलेको सरकारसँग नागरिकलाई धेरै अपेक्षा रहेको भन्दै नागरिकका अपेक्षालाई सम्बोधन गर्न आग्रह गरे। उनले प्रदेशलाई अधिकार दिने विधेयक संसदमा ल्याएर पारित गर्नुपर्ने बताए।  

उनले भने, ‘तपाईंहरुको निर्णयमा सरकारलाई ध्यानाकर्षण गराउने निर्णय पनि आओस्। अहिले मैले यहाँ उभिएर भन्दै गर्दा प्रधानमन्त्री र मन्त्रीज्युहरुलाई मिडियाका साथीहरु पनि यहाँ हुनुहुन्छ। इतिहासमा बोली होइन कर्म बिक्छ। सुशील कोईरालाले राम्रोसँग बोल्न सक्नुभएन। जिब्रोको क्यान्सरको अप्रेशनको कारण बोलि राम्रो बुझिएन। तर सुशील कोईरालाको बोली राम्रो नबुझिएर के भयो । सुशील कोईरालाको नेतृत्वमा लेखिएको संविधान त देशले बुझ्यो नि। त्यसैले अहिलेको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले, अहिलेको मन्त्रीपरिषद्का मन्त्रीहरुले बोल्ने कुरालाई दोस्रो प्राथमिकता र कर्मलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। उहाँहरुले गरेको कर्मले बोल्नुपर्छ। नागरिकलाई यो सरकारसँग धेरै अपेक्षा छ। नागरिकसँगको अपेक्षालाई सम्बोधन गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्छ। सरकारले ति विषयलाई सम्मान गर्नुपर्छ । कहिले दिने हो हामीले प्रदेशलाई अधिकार दिने विधेयक संसदमा ल्याएर त्यसलाई अघि बढाउनु पर्छ।’  

प्रकाशित: २० श्रावण २०८१ १७:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App