२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

चार वटा सुरक्षा निकाय हुँदा पनि जनताले सुरक्षित महसुस गर्न सकेनन्: सांसद थानी

नेपाली काँग्रेसका सांसद हृदयराम थानीले देशमा चार वटा सुरक्षा निकाय हुँदा पनि जनताले सुरक्षित महसुस गर्न नसकेको बताएका छन्।

बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो कुरा बताएका हुन । सुरक्षाको अनुभूति आम नागरिकले गर्न नपाएको उनको भनाइ थियो।उनले मुलुकको विद्यमान अवस्था नाजुक रहेको बताए। उनले शान्ति सुरक्षाको लागि क्विक रेस्पोन्स नरहेको पनि जिकिर गरे।उनले शान्ति सुरक्षा दिन नसके विकास निर्माणको गति पनि अघि बढ्न नसक्ने बताए । 

उनले भने, ‘देशमा चार वटा सुरक्षा निकाय छन् ।चार चार वटा सुरक्षा निकाय हुँदा जनताले सुरक्षाको अनुभूति गर्न पाउने की नपाउने रु म गृहमन्त्री ज्युका अगाडि भन्छु, आइजिपी शावहरूका अगाडि भन्छु । सुरक्षाको अनुभूति आम नागरिकले गर्न पाएका छैनन् । आइजिपी शावहरू दुवै जना यहीँ हुनुहुन्छ । मुलुकको विद्यमान अवस्था यो छ । कोही त बोल्नुपर्ने हो नि त । किन नबोल्ने रु मै सांसद हुँ । हिँड्छु । शान्ति सुरक्षाको लागि क्विक रेस्पोन्स छैन । शान्ति सुरक्षा अहिले दिन सकिएन भने विकास निर्माणको गति पनि अघि बढ्न सक्दैन।’

सांसद थानीले सुरक्षा निकायलाई आवश्यक पर्ने हतियार र सामग्रीहरूको व्यवस्थापन राज्यले चाँडो भन्दा चाँडो गर्नुपर्ने बताए । सरकारले नसक्ने हो भने आफ्नो क्षेत्रको बजेट काटेर सुरक्षा निकायलाई हतियार किन्ने व्यवस्था मिलाइदिन आग्रह गरे। 

प्रकाशित: १६ श्रावण २०८१ २०:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App