१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

राजदूतले बस होइन चुम्बक खोज किन भने स्पष्टीकरण लिइयोस्: रामहरि खतिवडा

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सिमलताल दुर्घटनाको खोजी कार्यलाई लिएर चिनियाँ राजदूत छन् सोङले दिएको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन्।

मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद खतिवडाले सिमलताल दुर्घटनामा  खोजी गर्ने टोलीलाई राजदूतले बस होइन चुम्बक खोज किन भने भन्दै आपत्ति जनाएका हुन्।

उनले भने, 'आषाढ २८ गते त्रिशूलीमा बस खस्यो। हाम्रो ठुलो क्षति भएको छ। यो समयमा हाम्रो छिमेकी मित्र राष्ट्रका एक जना महामहिम राजदूतले गम्भीर कूटनीतिक मर्यादा विपरीत अभिव्यक्ति दिनुभएको छ। सर्च गर्ने टोलीलाई गुड लक अल द सर्च टिम भनेर ट्विटरमा लेख्ने गरिएको छ। बस नखोज चुम्बक खोज भनिएको छ। कमसेकम नेपाललाई आपत्ति परेको बेला सहयोग गरुन् हाँसी मजाक नगरुन्। यसलाई परराष्ट्र मन्त्रालयले राजदूतलाई बोलाएर स्पष्टीकरण सोधियोस्।'

प्रकाशित: १५ श्रावण २०८१ १५:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App