६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नयाँ सरकारले अघिल्लो सरकारभन्दा राम्रो काम गर्छः उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको सरकारले यसअघिको सरकारले भन्दा राम्रो काम गर्ने दाबी गरेका छन्।

आइतबार तारकेश्वर नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले जनताको चाहनाअनुसार काम गर्नै नसकेको सिंहले बताए। उनले भने, ‘जनताको पक्षमा काम हुन नसकेकैले कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने अवस्था आएको हो। अब यो सरकारले राम्रो काम गर्नुपर्ने छ।’

अहिलेको सरकार संसदको पहिलो र दोस्रो दल मिलेर बनेको बताउँदै उपप्रधानमन्त्री सिंहले अस्थिरताका कारण नयाँ सरकार बनाउनुपरेको बताए। उनले भने, ‘राजनीतिक अस्थिरता भयो। जनताको चाहनाअनुसार काम हुन सकेन।’ यो सरकारले राम्रो काम गर्ने, जनतामा आशा जगाउने गरि काम गर्ने र राजनीतिक अस्थिरताको अन्त गर्ने दाबी गरे 

प्रकाशित: ६ श्रावण २०८१ १७:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App