राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आजै दुई प्रमुख दलहरू र अन्यको समर्थनमा नयाँ सरकार गठनको लागि दाबी पेश गर्ने तयारीमा जुटेका छन्।
त्यसका लागि नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेश गर्ने पत्रमा हस्ताक्षर गरेको नेकपा एमालेका सांसद सूर्य थापाले जानकारी दिए।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नै प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न बजेसम्म (७२ घण्टा) को समय दिएका थिए। तर आजै राष्ट्रपति भेट्न शीतल निवास जाने तयारी गरेका हुन्। उनीहरु ९ बजे शीतल निवास जाने तयारीमा रहेको स्रोतले बतायो।
यससँग अध्यक्ष ओली आजै प्रधानमन्त्रीमा नियुक्त हुने सम्भावना बढेको छ।
प्रकाशित: २८ असार २०८१ २०:४६ शुक्रबार