१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या तत्काल समाधान गर्नुपर्छ: सांसद खान

जनमत पार्टीका सांसद एवं पूर्व मन्त्री अब्दुल खानले शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।

संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने उने माग गरेका हुन ।

मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद खानले स्वास्थ्य क्षेत्रमा आवश्यक दरबन्दीको तत्काल व्यवस्था गर्न र स्वास्थ्य सामग्री खरिद र वितरण प्रणाली पारदर्शी बनाउन पनि सरकारलाई दिए।सांसद खानले २०४८ सालदेखि स्वास्थ्य दरबन्दी नखुलाइएको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरे । 

प्रकाशित: २५ असार २०८१ १४:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App