१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

टेरामक्स प्रकरणमा मलाई मुछिएको छ, उचित समयमा जवाफ दिन्छुः सांसद बस्नेत

नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले आफूले टेरामक्स भित्राएर कल बाइपास गरेर हुने गरेको अर्बौं रुपैयाँ घोटाला रोकेको बताएका छन्।

शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले आफूले कल बाइपास गरेर अर्बौं रुपैयाँ घोटाला हुने गरेको कुरालाई रोक्न टेरामक्स प्रविधि भित्र्याएको बताए।

उनले टेरामक्स भिओआईपी प्रकरणलाई रोक्ने विधि भएको भन्दै कल बाइपास गरेर वार्षिक रुपमा २५ अर्ब घोटाला हुने गरेकोमा टेरामक्स प्रविधिपछि सो घोटाला रोकिएको बताए।

सांसद बस्नेतले आफूले आँट गरेर सो विधिको शुरुवात गरेको बताए।

आफूलाई यस प्रकरणमा मुछिएको भन्दै उचित समयमा आफूले बोल्ने पनि बताए।

सांसद बस्नेतले एनसेल कालोबजारी गर्ने ठूलो संस्था भएको पनि उल्लेख गरे।

प्रकाशित: १४ असार २०८१ १२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App