१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

पदमुक्त सांसद देवकोटाको मुद्दा हेर्दाहेर्दैमा

गण्डकी प्रदेशका  पदमुक्त सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिट समय अभावका कारण हेर्दाहेर्दैमा गएको छ।आइतबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले देवकोटाको रिट हेर्दाहेर्दैमा राखेको हो।उनले दिएको रिटको सुनुवाइ भोलिको लागि तोकिएको छ। 

देवकोटालाई माओवादी केन्द्रले आफ्नो सांसद भएको दाबी गर्दै  कारबाही गरेको थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएपछि माओवादी केन्द्रले कारबाही गरेको हो। माओवादीको सिफारिसपछि सभामुख कृष्णप्रसाद धितालले उनमाथि भएको कारबाही प्रदेशसभामा पढेर सुनाएका थिए।सभामुखले कारबाहीको निर्णय पढेर सुनाएपछि उनी निलम्बनमा परेका हुन।

गोरखाबाट माओवादीको निर्वाचन चिह्नबाट निर्वाचित भएका देवकोटाले भने आफूलाई स्वतन्त्र सांसद भन्दै आएका छन् । बाबुराम भट्टराई नेतृत्वको दल नेपाल समाजवादी पार्टीमा आफू आबद्ध भएकाले स्वतन्त्र सांसदको रूपमा रहेको भन्दै उनले माओवादीले गरेको कारबाही गैरकानुनी भएको जिकिर गरेका छन्।

प्रकाशित: ९ असार २०८१ १६:५२ आइतबार

#Gandaki Province #Nepal Samajwadi Party #Member of Parliament Phanindra Devkota #Phanindra Devkota