१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

फाइल तस्बिर

आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दै छ। जसअन्तर्गत मध्यान्ह सवा १२ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने छ।

बैठकमा नेपाल सिमेन्ट उत्पादक संघबाट प्राप्त निवेदनका सन्दर्भमा संघका प्रतिनिधिहरूसँग छलफल हुनेछ।

त्यस्तै दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुरानो संसद भवनको पुननिर्माण सम्बन्धमा, निर्माणाधीन संसद भवन निर्माणको प्रगति विवरण सम्बन्धमा छलफल हुनेछ।

त्यस्तै मध्यान्ह १२ बजे बस्ने संसदीय सुनुवाई समितिको बैठकमा प्रश्तावित निर्वाचन आयुक्तको सुनुवाइ प्रारम्भ हुनेछ।

प्रकाशित: ७ असार २०८१ ०८:३६ शुक्रबार

#parliamen_comitee