१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

साहले मागे प्रधानमन्त्रीको राजीनामाः कि मन्त्री बर्खास्त गर्नुस्, कि आफै राजीनामा दिनुस्

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालले नैतिकताका आधारमा पदमा बसिरहन नमिल्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा बोल्दै अध्यक्ष साहले यस्तो बताएका हुन्।

‘प्रधानमन्त्रीज्यूले भन्नु भएको थियो, हामी यो संघीयतालाई कार्यान्वयन गर्छौं। अब संघमा ३ करोड भन्दा घटीको योजना रहँदैन,’ अध्यक्ष साहले भने, ‘सोध्न चाहन्छु–प्रधानमन्त्रीजी तपाईको कुरा चलेको छ कि छैन ? चलेको छैन भने तपाई कुन नैतिकताले त्यहाँ बस्नु हुन्छ ?’

यदि चलेको हो भने कसरी आफ्नै कुराको उल्लंघन भयो रु भनेर उनले प्रश्न गरे। यदि कुनै मन्त्रीले आफ्नो कुरा नमानेको भए बर्खास्त गर्ने हैसियत राख्न प्रधानमन्त्री दाहाललाई सुझाए। ‘यदि आफ्नै कुरामा टिक्नु भएको छैन भने तपाई नैतिकताले त्यहाँ बस्न मिल्छ जस्तो मलाई लाग्दैन,’ अध्यक्ष साहले भने।

बजेट नै पहुँचवालाले बनाएको दाबी गर्दै साहले नेपाली जनताको राजश्व हो भने देशभरी जानु पर्ने बताए । ‘पहुँचवाला नेता र उसको आसेपासे कार्यकर्ता र मन्त्रीहरुको निजी पैसा जस्तो हुने, सीमित ठाउँमा हुने, कुनै ठाउँ पूरै खाली हुने जो स्थिति छ,’ उनले भने।

प्रकाशित: ४ असार २०८१ १७:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App