३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

नेकपा (एस) मकवानपुरको अध्यक्षमा पुनः दाहाल

नेकपा (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्षमा पुनः विष्णुप्रसाद दाहाल चयन भएका छन्।

शनिबार र आइतबार हेटौंडामा सन्चालन भएको पार्टीको नवौं जिल्ला अधिवेशनले दाहालकै नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो। ५८ सदस्यीय जिल्ला कार्यसमितिको कार्यकाल ३ वर्षको हुने बताइएको छ।

दाहालले यसअघि पनि अध्यक्ष पदमा रहेर काम गरेका थिए। जिल्ला कमिटीको उपाध्यक्षमा कल्पना विश्वकर्मा, सचिव ध्रुवबहादुर भुजेल, उपसचिव टंकबहादुर मोक्तान, बेगम बराल र  कविन पन्त चयन भएका छन्।

रिक्त रहेको एक उपाध्यक्ष र सदस्य पछि मनोनयन गरिने बताइएको छ। अध्यक्षमा चयन भएका दाहालले पार्टीलाई बलियो बनाउन सबैलाई समेटेर लागिपर्ने योजना रहेको बताए।

‘पछिल्लो समय नेकपा एकीकृत समाजवादीप्रति आकर्षण बढेको छ। पार्टीलाई अझ बलियो बनाउने जिम्मेवारी छ’, दाहालले भने, ‘सबैलाई समेट्दै अघि बढिनेछ।’ महाधिवेशनको तयारीमा रहेको एकीकृत समाजवादी मकवानपुरको अधिवेशनको उद्घाटन केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गरेका थिए।

प्रकाशित: १६ वैशाख २०८१ १०:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App