२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

माओवादीको ‘पूर्वेली संगठन सुदृढीकरण अभियान’

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) उदयपुरले जिल्लाका आठवटै स्थानीय तहमा शनिबार एकैचोटी ‘पूर्वेली संगठन सुदृढीकरण अभियान २०८१’ सुरु गरेको छ। वैशाख १५ गतेदेखि असार १५ सम्म सञ्चालन गरिने अभियान कोशी प्रदेशका सबै जिल्लामा एकैचोटी सुरु भएको हो।

प्रदेश कमिटीको निर्देशन अनुसार उदयपुरका चार नगर र चार गाउँपालिका सबैमा एकैचोटी अभियान सुरु गरिएको पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा अभियानका त्रियुगा नगर इञ्चार्ज मोहन खत्रीले बताए।

केन्द्रीय सल्लाहकार मीनबहादुर ज्युठकुरी र इञ्चार्ज खत्रीले उद्घाटन गरेको त्रियुगाको अभियानमा नगरपालिकाभित्र रहेका क्रियाशील केन्द्रीय, प्रदेश, जिल्ला र नगर पदाधिकारी, जनवर्गीय संगठनहरू, जातीय मोर्चाहरू सबैक्षेत्रको प्रतिनिधित्व हुने गरी सहभागिता रहेको नगर अध्यक्ष मानबहादुर राईले बताए।

अध्यक्ष राईका अनुसार यसअघि नेताहरू बोलिरहने र कार्यकर्ताले सुन्ने मात्र गरेको परम्परा तोड्दै सुरुवातमा कार्यकर्ताको कुरा सुनेर अन्तिममा मात्र नेताले जवाफी भाषण गर्ने परिपाटी सुरु गरिएको छ। जस अनुसार कार्यक्रममा नेतालाई भन्दा पहिला विभिन्न मोर्चा र जनवर्गीय संगठन, कमिटीमा आबद्ध पदाधिकारी र सदस्यलाई बोल्न दिइयो।

अभियान सफल बनाउन तयारी बैठकहरू गर्ने क्रममा पार्टीले केन्द्र, प्रदेश, जिल्ला हुँदै वडा र सेल कमिटीमा आबद्ध नेता कार्यकर्तादेखि विभाग सदस्यलाई परिचालन गर्ने जनाएको छ।

त्यस्तै महिला, विद्यार्थी, वाइसिएल (युवा), मजदुर, शिक्षक, कर्मचारी, पत्रकार र विदेशबाट फर्केका (रिटर्नी)लगायत सम्पूर्ण जनवर्गीय संगठनमा आबद्ध, जातीय मोर्चादेखि जेष्ठ नागरिक मञ्चसम्ममा आबद्ध नेता कार्यकर्तालाई परिचालन गरिएको छ।  

प्रकाशित: १६ वैशाख २०८१ ०७:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App