२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

इलाम २ को मतगणना आज सुरु हुने,केहीबेरमा सर्वदलीय बैठक बस्दै

इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य तर्फको मतगणना आज सुरु हुँदैछ।

शनिवार सम्पन्न मतदानको मतगणना आज सुरु गर्ने तयारी भएको हो। त्यसका लागि अबको केहीबेरमा सर्वदलीय बैठक बसेर निर्णयअनुसार मतगणना सुरु गरिने छ।

मतदान सम्पन्न भएपछि शनिवार रातिसम्ममा सबै एक सय ४९ मतदान केन्द्रको मतपेटिका सदरमुकामस्थित गौतमबुद्ध सभागृहस्थित गणनास्थल ल्याइएको छ।

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दलसँगको बैठकपछि गणना थालिने जानकारी दिए।

क्षेत्र नम्बर २ मा ६० प्रतिशत मत खसेको छ। एक लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार दुई सय ८७ मत खसेको हो। 

उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। यो उपनिर्वाचनमा सबै पुरुष उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्। नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, नेपाल परिवार दल र नेपाल कम्युनिस्ट पार्टीले साझा उम्मेदवारका रूपमा एमालेका सुहाङ नेम्बाङलाई मैदानमा ल्याएका छन्।

नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट मिलनकुमार योङहाङ लिम्बू तथा पहिचान पक्षधरतर्फबाट डकेन्द्रसिंह थेगिमले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

जनमत पार्टीका प्रेमबहादुर लिम्बू, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत० समाजवादीबाट जितबहादुर राई उम्मेदवार छन्।

राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले उम्मेदवारी दर्ता गराए। स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालले उम्मेदवारी दर्ता गराएका छन्।

संविधानसभा अध्यक्ष तथा पूर्वसभामुखसमेत रहेका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि रिक्त क्षेत्रमा उपनिर्वाचन भएको हो।

प्रकाशित: १६ वैशाख २०८१ ०७:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App