२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

समुन्नत नेपाल सबैको सपना होः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेल क्षेत्रको विकासका लागि स्थानीय पालिकाहरुमा सुविधासम्पन्न खेल मैदान हुन आवश्यक रहेको बताएका छन्।

शनिबार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा आयोजित गोदावरी मेयर कपको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले खेल मैदानको संरक्षण गर्न आवश्यक रहेको पनि बताए। उनले पालिकाहरुले खेल मैदान बनाएर खेल क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिए।

खेलको विकासका लागि प्रदेश र संघ सरकारको सहयोग पनि अपरिहार्य रहेको उनको भनाइ थियो। उनले व्यक्तिलाई अनुशासित र स्वस्थ बनाउन खेलकुदको भुमिका महत्वपूर्ण हुने बताए।

सभापति देउवाले समुन्नत नेपाल सबैको सपना भएको र समुन्नत नेपालको सपना पूरा गर्न सबै क्रियाशिल हुन जरुरी रहेको जिकिर गरे।

प्रकाशित: १५ वैशाख २०८१ १५:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App