३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

न्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमबार नेपाल आउँछः मन्त्री तामाङ

संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमवार काठमाडौं विमानस्थलमा आउने बताएका छन्।

आईतवार मन्त्री तामाङले पर्यटन विषयमा लेख्ने पत्रकारहरुसँगको छलफल कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। उनले लामो समयदेखि इन्जिन मर्मतको लागि इजरायलमा रहेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज सोमवार काठमाडौैं विमानस्थल आउने बताए। उनले इन्जिन मर्मतपछि जहाज नेपाल ल्याउन लागिएको बताए।

जहाजको इन्जिनमा समस्या आएर लामो समय ग्राउण्डेट हुँदा निगमलाई धेरै घाटा भएको उनले स्वीकार गरे। मन्त्री तामाङले जहाज नुहुँदा भएका समस्या जहाज मर्मत भएर आएसँगै समाधान हुने विश्वास लिएको बताए। मन्त्री तामाङले आफू मन्त्री भएर आएदेखि जहाज तत्काल बनाएर ल्याउन ताकेता गरेकाले विभिन्न प्राविधिक समस्याका कारण चाँडै आउन नसकेको बताए। ढिलै भएपनि सोमवार जहाज मर्मत पछि नेपाल ल्याउन लागिएको उनको भनाइ छ।

उनले युरोपेली युनियन (इयु) हवाई सुरक्षामा नेपाली वायुसेवालाई त्यहाँको आकासमा सिधा उडान गर्ने कार्ययोजना बनाउने विषयमा अडिक रहेको बताए। उनले आकाशमा जुनसुकै देशको जहाज पनि उडान गर्न पाउनुपर्ने बताए। कार्ययोजना बनाउनको लागि सम्बन्धित निकाय, विज्ञहरुसँग छलफल गरी रहेको उनले बताए।  

प्रकाशित: ९ वैशाख २०८१ १७:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App