४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

गण्डकीका मुख्यमन्त्री र मन्त्रीले लिए शपथ

गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी, बिना विभागीय मन्त्री द्वय हरिबहादुर चुमान र राजीव गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आज प्रदेश प्रमुखको निवासमा आयोजित शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री र मन्त्रीहरूलाई शपथ खुवाएका हुन्।

बिना विभागीय मन्त्रीका रुपमा नियुक्त चुमान नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य हुन् भने गुरुङ स्वतन्त्र रूपमा निर्वाचित सदस्य हुन्।

प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेकपा (एमाले) संसदीय दलका नेता पाण्डेलाई आइतबार नै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

एमालेका २२, माओवादी केन्द्रका आठ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

प्रकाशित: २५ चैत्र २०८० १७:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App