१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

खगराजको मुख्यमन्त्री नियुक्तविरुद्ध सर्वोच्च जाने तयारीमा कांग्रेस

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएपछि नेपाली कांग्रेसले सर्वोच्च जाने तयारी गरेको छ।

नेपाली कांग्रेस गण्डकी,संसदीय दलका उप-नेता बिन्दु कुमार थापाले मुख्यमन्त्री नियुक्तीबारे आफूहरूले प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराइसकेको बताए।

उनले भने, 'मुख्यमन्त्री नियुक्तीबारे आफूहरूले प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराइसकेका छौँ। ध्यानाकर्षण पछि अहिले हामी छलफलमा छौँ।'

अधिकारीले सभामुख समेतको समर्थनमा मुख्यमन्त्रीको दाबी पेस गरेका थिए। सभामुख समेतको समर्थनमा मुख्यमन्त्री बन्नु असंवैधानिक भएको भन्दै कांग्रेस सर्वोच्च जाने तयारीमा लागेको हो।

गण्डकीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आइतबार एमाले, माओवादी र राजीव गुरुङ (दीपक मनाङ) को समर्थनमा प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष दाबी पेस गरेका थिए।

त्यसपछि प्रदेश प्रमुखले खगराजलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए।

प्रकाशित: २५ चैत्र २०८० १४:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App