२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रका सचिव पौडेलको टिप्पणी: यो व्यवस्थाको बिरोध गर्न पाईन्छ र ?

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सचिव एवं सांसद देवेन्द्र पौडेलले सांसदहरुले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको बिरोध गर्न नपाउने बताएका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्र मान्छौं भनेर शपथ खाएर संसदमा आउनेहरुले त्यसको बिरोध गर्न पाईन्छ र ? भनि प्रश्न गरेका हुन्। शुक्रवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सचिव पौडेलले राप्रपाका सांसदहरुप्रति लक्षित गर्दै दिनहुँजसो यो व्यवस्थाको बिरोध गर्ने कुराले आफूहरुलाई गम्भिर बनाएको बताए।

उनले भने, ‘यो संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशी जस्ता प्रणाली ल्याउन निम्ति हजारौंको बलिदान, रगत, आँशु, पसिना, बगेर यो व्यवस्था आएको हो। यो व्यवस्थालाई मान्छु भनेर, यो व्यवस्थालाई ग्रहण गर्छु भनेर हामीले संसदमा सपथ खाएको हुन्छौ। र शपथ खाएर मात्रै हामी सदनमा प्रवेश गरेका हुन्छौं। सम्माननीय सभामुख महोदय, कहिलेकाँही मात्रै होइन, दिनदिनैजसो यो व्यवस्थाको बिरोध गरेको हामी यहाँ सुन्छौं। सम्माननीय सभामुख महोदयमार्फत म भन्न चाहन्छु–सपथ खाएर आईसकेपछि यो संविधान मान्छु भनिसकेपछि यो व्यवस्था र प्रणालीको विरोध गर्न पाईन्छ र? यो कुराको गम्भिर ध्यानाकर्षण गराउनका निम्ति म विशेष अनुरोध गर्न चाहन्छु।’

प्रकाशित: १८ फाल्गुन २०८० १३:२६ शुक्रबार

देवेन्द्र पौडेल