१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर आज भेटवार्तामा व्यस्त रहने

अमेरिकाकी उपसहायक विदेशमन्त्री अफरिन अख्तरले आज उच्चस्तरीय भेटवार्ता गर्ने भएकी छिन्।

नेपाल भ्रमणका लागि सोमवार काठमाडौँ आइपुगेकी अमेरिकाको नेपाल, श्रीलङ्का, बङ्गलादेश, भूटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने उपसहायक विदेशमन्त्री अख्तरले नेपाली उच्च सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र अमेरिकन चेम्बर्स अफ कमर्स नेपालका सदस्यहरूसँग भेटघाट गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ।

सो अवसरमा मन्त्री अख्तरले अमेरिका र नेपालबीचको द्विपक्षीय सम्बन्धले कसरी नेपालमा शिक्षा र स्वास्थ्य, मानवअधिकार, लोकतन्त्रको विकास तथा नेपालको पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउन सक्छ भन्ने विषयमा छलफल गर्ने छिन्। रासस

प्रकाशित: १५ फाल्गुन २०८० ०८:०१ मंगलबार

अमेरिका उपसहायक विदेशमन्त्री अफरिन अख्तर उच्चस्तरीय भेटवार्ता अमेरिकी दूतावास