१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहान ११ बजे बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ।

बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक बोलाइएको प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

उनका अनुसार पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो।

बैठकमा केन्द्रीय नेताहरूलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायतका विषयमा पनि छलफल हुने उनले बताए।

जसपाले आगामी जेठ २८, २९ र ३० राष्ट्रिय महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ। 

प्रकाशित: १० फाल्गुन २०८० ०८:२३ बिहीबार

जनता समाजवादी पार्टी जसपा केन्द्रीय कार्यकारिणी समिति पूर्ण बस्नेत