१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस महासमिति बैठक: आजबाट समूहगत छलफल सुरु हुँदै

गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा आजबाट समूहगत छलफल सुरु हुँदैछ।

मङ्गलवार पेश भएका प्रतिवेदनमाथि छलफलका लागि महासमिति प्रतिनिधिहरूलाई प्रदेशगत रुपमा समूहमा विभाजन गरेर आज बिहान ९ बजेबाट छलफल सुरु हुन लागेको हो।

सनराइज सम्मेलन केन्द्रमा चार समूहका लागि छुट्टछुट्टै छलफल कक्ष बनाइएको छ भने  गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेशका महासमिति सदस्यले प्रतिवदेनमाथि बहस गर्नेछन्। विशंखु नारायण हलमा मधेश र कर्णाली, फुलचोकी हलमा बागमती र गण्डकीका प्रतिनिधिले छलफल गर्नेछन् बताइएको छ।

यस्तै केन्ज्योसोम हल लुम्बिनी प्रदेशका साथै शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरुको लागि छुट्याइएको छ। केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरू सम्बन्धित प्रदेशको छलफलमा सहभागी हुनेछन्।

सोमवारबाट सुरु भएको महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक राजनीतिक, प्रवक्ता डा. प्रकाशशरण महतको मुलुकको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदन पेश भएका छन्।

प्रकाशित: ९ फाल्गुन २०८० ०६:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App