२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

रास्वपा सभापति रविले प्रधानमन्त्रीलाई बुझाए सुझावपत्र

राष्ट्रिय स्वतन्त्र पार्टीले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर सहकारी र लघुवित्तका समस्या समाधान गरी पीडितलाई न्याय दिन सुझावपत्र बुझाएको छ।

रास्वपाका सभापति रवि लामिछानेको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री दाहाललाई सुझावपत्र बुझाएको हो।

सुझावपत्र बुझ्दै प्रधानमन्त्री दाहालले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौँ नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताए।

भेटमा प्रधानमन्त्रीले भने, ’यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौँ बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हर हालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ। तपाईँहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुंगाउन चाहन्छु, यसमा तपाईँहरूको पनि सहयोग  चाहियो।’

टोलीमा सभापति लामिछानेसहित उपसभापति डा. स्वर्णीम वाग्लेलगायत सहभागी थिए।

प्रकाशित: १ फाल्गुन २०८० ११:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App