१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रको दाबी छः सांसद पुन

नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले राष्ट्रिय सभाको अध्यक्षमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन्।

बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पुनले राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रको दाबी रहेको बताएका हुन्। उनले राष्ट्रिय सभाको शक्ति सन्तुलन अनुसार माओवादी केन्द्रले अध्यक्ष दाबी गर्नु प्राकृतिक भएको बताए। उनले यस सन्दर्भमा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन र अन्य दलहरुसँग छलफल गरेर अघि बढ्ने बताए।

उनले भने, ‘प्राकृतिक रुपले हेर्दा राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रले दाबी गर्ने अवस्था छ। हाम्रो दाबी पनि रहेको छ। माओवादी केन्द्रको दाबी छ। यसमा हामी सत्तारुढ गठबन्धनमा छलफल गर्छौं। र अरु दलहरुसँग पनि छलफल गर्छौ। राष्ट्रिय सभाको शक्ति सन्तुलनअनुसार नै छलफल गरेर जाने हाम्रो सोच छ।’

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले माईतीघर मण्डलालाई निषेधित गर्नु नहुने पनि बताए। उनले लोकतन्त्रमा जनतासँग सरकार डराउनु नहुने भन्दै निषेधित क्षेत्र तोक्ने सन्दर्भमा सरकार लचिलो हुनुपर्ने बताए। 

प्रकाशित: २४ माघ २०८० १७:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App