१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

आफूलाई आफैँले 'मोटिभेट' गर्छन् बालेन

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पछिल्लो समय गिती कवितामार्फत् आफ्ना गुनासा पोख्न थालेका छन्। मेयर पत्नी बिदाको दिन सरकारी गाडीमा सवार भएको घटना पछि पछिल्लो समय सामाजीक सञ्जालमा खासै सक्रिय नदेखिएका मेयर शाहले हिजोआज गिती कवितामार्फत् आफ्ना भावनाहरु पोखिरहेको देखिन्छ।

स्वतन्त्र उम्मेदवारबाट काठमाडौँ महानगरको मेयर बनेका शाहलाई महानगरको विषयमा काम गर्न वा महानगरसम्बन्धी कुनै पनि विषय हुँदा निकै चुनौतीहरूको सामना गर्नु परिरहेको छ। सम्भवतः त्यहि चुनौतीलाई उनले सामाजीक सञ्जालमा यसरी राखेका छन्ः

बाध्य भएर नाच्नेहरु छन्,

रहरले बिलौना गर्नेहरु छन्,

बाध्यतामा हास्नेहरु छन्,

रहरमा आशु झर्नेहरु छन्,

बाध्य भएर बाच्नेहरु छन्,

रहरले यहाँ मर्नेहरु छन्,  

परिस्थितीले आट्नेहरु छन्,

अनी, अघी बढ्नेहरु छन्!

प्रकाशित: १७ माघ २०८० ०३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App