प्रधानमन्त्री पुष्पकमल दाहालले एक चीन नीति मानिसकेपछि ताइवान स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा नेपाल नरहेको बताएका छन्।
आइतबार बिहान तीन दिने युगाण्डा भ्रमण सकेर फर्किनुभएका प्रधानमन्त्री दाहालले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्।
उनले ताइवानको बारेमा नेपालको सुरुदेखिकै नीति चीनकै अङ्ग हो भन्ने रहेको बताए। प्रधानमन्त्री दाहालले ताइवान चीनको हो भन्दैमा नेपालको असंलग्न परराष्ट्र नीति नडगमगाउने दाबी गरे।
उनले भने, ‘ताइवानको कुरा पनि जोडेर राख्नुभयो। ताइवानको विषयमा नेपालको सुरुदेखिको नीति के हो भने एक चीन नीति भन्दा ताइवान पनि चीनकै अङ्ग हो भन्ने नीति नेपालको सुरुदेखि नै रही आएको छ। त्यो भन्दा बाहिर हामीले बनाएका छैनौँ। एक चीन नीति मानिसकेपछि हामी ताइवान अलग हुनपर्छ भन्ने नीतिको पक्षमा छैनौँ।’
प्रधानमन्त्री दाहालले ताइवान चीनबाट अलग हुनुपर्छ भन्ने नेपालको नीति नरहेको स्पष्ट पारे।
प्रकाशित: ७ माघ २०८० ०८:२० आइतबार