काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली भोलि आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन्।
प्रधानमन्त्री ओली भोलि अपराह्न ४ बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री निवास छाडेका थिए। उनी निजी निवास बुढानिलकण्ठ सरेका छन्।
प्रकाशित: ५ फाल्गुन २०७४ १५:२८ शनिबार