२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जनतासँग विशेष रुपान्तरण अभियानले जनतामा आशाका झिल्का पैदा भयोः माओवादी

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले पार्टीको जनतासँग विशेष रुपान्तरण अभियानले जनतामा आशाका झिल्का पैदा गरेको दाबी गरेको छ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीका प्रवक्ता अग्नि सापकोटाले यस्तो बताएका हुन्।

उनले जनतसँग विशेष रुपान्तरण अभियान हामीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको दाबी गरे। उनले अभियानले टोल कमिटीदेखि समिति गठन, पुनःगठन गरेको बताए। उनले कार्यकर्ताहरुमा जागृति ल्याएको, जनतामा आशा पलाएको र अभियानले चुनावको बेलामा मात्रै नभइ माओवादी अरु बेलामा पनि आउँदा रहेछन् भन्ने आशा पलाएको जिकिर गरे। उनले अभियानले पुराना नेताहरु पार्टीमा फर्किएको र पार्टीमा प्रवेश गर्नेहरुको संख्यामा वृद्धि हुँदै जान उल्लेखनिय भुमिका खेलेको बताए। उनले पार्टीमा नयाँ आशा र उत्साह पैदा भएको बताए।  

उनले भने, ‘जनतसँग विशेष रुपान्तरण अभियान हामीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको छ। त्यो टोल कमिटीदेखि समिति गठन, पुनःगठन भएको छ। तिनीहरु सक्रिय भएका छन्, तिनीहरु चलायमान भएको छ। कार्यकर्ताहरुमा जागृति आएको छ। जनतामा आशा पलाएको छ। यो अभियानले चुनावको बेलामा मात्रै होइन, माओवादी अरु बेलामा पनि आउँदा रहेछन्, आए भन्ने खालको जनतामा आशाका झिल्का पैदा भएको छ। बनेका ठाउँका संगठनहरु सक्रिय थिएनन्, तिनीहरु अहिले सक्रिय भएका छन्, सुदृढ भएका छन्। नबनेका ठाउँमा संगठन बनेको छ। पहिला छिटपुट निष्क्रिय भएर बस्ने, कतिपय सन्दर्भमा पार्टीबाट पलायन हुने जस्ता घटना भए भने अहिले पार्टीमा पलायन हुने कुराको अन्त्य भयो। पुराना कार्यकताहरु पनि जोडिएका छन्। अलि उल्लेखनीय संख्यामा पनि पार्टी प्रवेश कार्यक्रम भएको छ। पार्टीमा एउटा नयाँ आशा र उत्साह पैदा भएको छ। जनता हामीतिर फर्किएका छन्। जनताका आलोचना र गुनासा छन् तर जनताले यिनलाई निरन्तरता दिनुपर्छ भनेर माग गरेका छन् । नविकरणको प्रक्रिया तिब्रताका साथ अघि बढेको छ।’

प्रकाशित: १७ पुस २०८० ०८:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App