३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेश सभा बैठकमा गयल हुने सांसदहरू, ७९ जना अनियमित

लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको एक वर्षको अवधिमा कूल ३५ वटा बैठक बसेका छन्। प्रदेशका कुल ८७ सांसद मध्य सभामुखसहित ८ सांसद सबै बैठकमा सहभागी भएका छन्। बाँकी सांसद भने सबै बैठकमा उपस्थित नदेखिएको लुम्बिनी प्रदेश सभा सचिवालयको तथ्याङ्कले देखाउँछ।

प्रदेश सभाको बैठक उपस्थितिसम्बन्धी तथ्याङ्क अनुसार मुख्यमन्त्री डिल्लीबहादुर चौधरी ३५ बैठकमध्ये २४ वटा बैठकमा सहभागी भएका छन्। पहिलो अधिवेशनमा भएका १० बैठकमध्ये १० वटा बैठकमा उनी सहभागी भएका छन् भने दोस्रो अधिवेशनमा बसेका २५ वटा बैठकमा मुख्यमन्त्री चौधरी १४ बैठकमा सहभागी भएका छन्।

यसैगरी अर्थमन्त्री धनबहादुर मास्की प्रदेश सभाका ३४ बैठकमा सहभागी भएका छन्। पहिलो अधिवेशनमा भएका १० बैठकमध्ये १० पटक र दोस्रो अधिवेशनका क्रममा बसेका २५ बैठकमध्ये २४ वटा बैठकमा सहभागी भएका छन्।

यसैगरी गृहमन्त्री सन्तोषकुमार पाण्डे ३१ वटा बैठकमा सहभागी भएका छन्। उनी पहिलो अधिवेशनका क्रममा बसेका १० बैठकमध्ये १० वटा बैठकमा उपस्थित भएका छन् भने दोस्रो अधिवेशनका क्रममा बसेका २५ मध्य २१ बैठकमा सहभागी भएका छन्।

यसैगरी स्वास्थ्य मन्त्री राजु खनाल कूल २९ वटा बैठकमा सहभागी भएका छन्। उनी पहिलो अधिवेशनमा ८ र दोस्रो अधिवेशनमा २१ वटा बैठकमा सहभागी भएको प्रदेश सभाको तथ्याङ्कमा उल्लेख छ।

यसैगरी एक वर्षको अवधिमा बसेका ३५ बैठकमध्ये कृषि भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिर ३० वटा बैठकमा सहभागी भएका छन्। उनी पहिलो अधिवेशनका क्रममा बसेका १० बैठकमध्ये ९ र दोस्रो अधिवेशनका क्रममा बसेका २५ बैठकमध्ये २१ वटा बैठकमा सहभागी भएका छन्। यसैगरी भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरी कूल ३३ वटा बैठकमा सहभागी भएका छन्। उनी पहिलो अधिवेशनका क्रममा १० र दोस्रो अधिवेशनका क्रममा २३ वटा बैठकमा सहभागी भएका छन्।

यसैगरी सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता संसद्का ३३ बैठकमा सहभागी भएका छन्। उनी पहिलो अधिवेशनका क्रममा बसेका १० बैठकमध्ये १० र दोस्रो अधिवेशनका क्रममा बसेका २५ मध्ये २३ वटा बैठकमा सहभागी भएका छन्।

यसैगरी केही दिन अघि मन्त्री नियुक्त भएका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा प्रदेश सभाका कूल ३५ बैठकमध्ये २० वटा बैठकमा मात्रै सहभागी भएका छन्। उनी पहिलो अधिवेशनका क्रममा बसेका कूल १० बैठकमध्ये ७ र दोस्रो अधिवेशनका क्रममा बसेका २५ बैठकमध्ये १३ वटा बैठकमा मात्रै सहभागी भएका छन्। यसैगरी ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री कृष्णा केसी ३० बैठकमा सहभागी भएकी छिन्। पहिलो अधिवेशनका क्रममा बसेका १० बैठकमध्ये १० र दोस्रो अधिवेशनका क्रममा बसेका २५ बैठकमध्ये २० वटा बैठकमा सहभागी भएकी छन्।

सभामुखसहित ८ सांसद मात्र सबै बैठकमा

प्रदेश सभाको एक वर्षको अवधिमा बसेको कूल ३५ बैठकमध्ये सबैभन्दा बढी सभामुख सहित ८ सांसद सबै बैठकमा सहभागी भएका छन्। सभामुख तुलाराम घर्ती मगर, सांसदहरू खड्ग बस्नेत, इन्द्रकुमारी गहतराज, सीता शर्मा, भगवती अधिकारी, यमबहादुर नेपाली सार्की, भूवनेश्वर चौधरी र सुशीला बादी  ३५ वटै बैठकमा सहभागी भएको प्रदेश सभाको सचिवालयले जनाएको छ । सभामुख सहित यी ८ सांसद पहिलो अधिवेशनका क्रममा बसेका कूल १० बैठकमध्ये १० वटामै र दोस्रो अधिवेशनका क्रममा बसेका कूल २५ बैठकमध्ये २५ वटै बैठकमा सहभागी भएका छन्।

सबैभन्दा कम उपस्थित भुमिश्वर ढकाल र गीता गुरुङ

एक वर्षको अवधिमा बसेका प्रदेश सभाका ३५ बैठकमध्ये सबैभन्दा कम सांसद भूमिश्वर ढकाल १६ बैठकमा मात्रै सहभागी भएका छन्। ढकाल पहिलो अधिवेशनका क्रममा बसेका कूल १० बैठकमध्ये ७ वटा बैठकमा सहभागी भए भने दोस्रो अधिवेशनका क्रममा बसेको कूल २५ बैठकमध्ये ९ वटा बैठकमा मात्रै सहभागी भएका छन्।  

यसैगरी सांसद गीता गुरुङ १६ बैठकमा मात्रै सहभागी भएकी छन्। उनी पहिलो अधिवेशनका क्रममा ७ र दोस्रो अधिवेशनका क्रममा ९ वटा बैठकमा मात्रै सहभागी भइन्। यसैगरी अनुराग खड्का प्रदेश सभाका कूल ३५ बैठकमध्ये १७ बैठकमा मात्रै सहभागी भएका छन्। उनी पहिलो अधिवेशनका क्रममा बसेका १० बैठकमध्ये ७ र दोस्रो अधिवेशनका क्रममा बसेका २५ बैठकमध्ये १० वटा बैठकमा मात्रै सहभागी भएका छन्।

यसैगरी सांसद गीरधारिलाल न्यौपाने कूल ३५ मध्य १७ वटा बैठकमा मात्रै सहभागी भएका छन्। उनी पहिलो अधिवेशनका क्रममा बसेका १० बैठकमध्ये ९ र दोस्रो अधिवेशनका क्रममा बसेका २५ बैठकमध्ये ८ वटा बैठकमा मात्रै सहभागी भएका छन्।

यसैगरी सांसद सायरा बानो कूल ३५ बैठकमध्ये १९ बैठकमा मात्रै सहभागी भएकी छन्। उनी पहिलो अधिवेशनको बैठकमा ६ र दोस्रो अधिवेशनका क्रममा बसेका बैठकमध्ये १३ बैठकमा सहभागी भएकी छन्। यसैगरी सांसद आदेशकुमार अग्रवाल प्रदेश सभाका कूल ३५ बैठकमध्ये १९ बैठकमा सहभागी भएका छन्। उनी पहिलो अधिवेशनमा बसेका १० बैठकमध्ये ८ र दोस्रो अधिवेशनका क्रममा बसेका कूल २५ बैठकमध्ये ११ बैठकमा सहभागी भएका छन्।

प्रकाशित: १७ पुस २०८० ०३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App