नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिक व्यक्तिमा नैतिकता र संस्कार चाहिने बताएका छन्।
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाल प्रजातन्त्र सेनानी सङ्घ बागमती प्रदेशस्तरीय भेला २०८० लाई सम्बोधन गर्दै डा. कोइरालाले सो कुरा बताएका हुन्।
‘कांग्रेस विगतमा किन बलियो थियो र क्रमशः किन कमजोर हुँदैछ ? तपाईंहरूले पार्टीलाई सल्लाह, सुझाव र प्रतिक्रिया दिनुपर्छ। पार्टीभित्र विगतमा भएका असल अभ्यास र अहिलेका नराम्रा कुराका सकारात्मक आलोचना गनुपर्छ।’ डा. कोइरालाले भने।
सङ्घका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालले सेनानीहरुको परिचयपत्र नेपाल सरकारले दिनुपर्ने बताए। सेनानीले विगतको राजनीतिमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउँदै उनले त्यस्ता व्यक्तिहरुको सम्मान पार्टीले गर्नुपर्ने धारणा राखे।
प्रकाशित: १६ पुस २०८० १६:३१ सोमबार