१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

काँग्रेस केन्द्रीय समिति बैठकमा मन्त्रीहरूको आलोचना

नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यशैलीको आलोचना गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार देखि सुरु भएको केन्द्रीय समितिको बैठकमा जनअपेक्षा अनुसार काम हुन नसकेको र प्रधानमन्त्री पुष्पकमल दाहालले पनि राम्रो कामको जस आफू लिने र बिग्रेका जतिको अबजस काँग्रेसलाई लगाएको सदस्यहरूले गुनासो गरेका हुन्।

बैठकमा बोल्दै केन्द्रीय सदस्यसमेत रहेका स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले आफुले राम्रो काम गरेको दाबी गरेका थिए। ५६ प्रतिशत कार्यसम्पादन गरेको दाबी गरेका थिए। तर, सदस्यहरूले भने स्वास्थ्यमन्त्रीले प्रचार मात्र गरेको जनहितमा काम नगरेको आरोप लगाएका छन्।

मन्त्रिपरिषद्को बैठक भन्दै मन्त्रीहरू बैठकबाट बाहिरिएपछि सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित गरेका छन्। बिहान ११ बजे बस्ने बैठकमा मन्त्रीहरूले आआफ्ना मन्त्रालयमा भए गरेका कार्य प्रगति पेस गर्ने छन्। त्यसपछि मात्र सदस्यहरूले धारणा राख्ने छन्।

अघिल्ला केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गरेको काँग्रेसले यसपटक भने स्थगित गरेको छ। बिहीबारको बैठकमा १५ जना केन्द्रीय सदस्यले धारणा राखेका छन्।

प्रकाशित: १२ पुस २०८० १३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App