३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओलीको सन्देश बोकेर खनाल इरान प्रस्थान

काठमाडौं – नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल एशियाली राजनीतिक पार्टीहरू को अन्तर्राष्ट्रिय बैठक (आइक्याप) को २९औं स्थायी कमीटीको बैठक र शिल्करोड सम्बन्धी सम्मेलनमा भाग लिन इरानको राजधानी तेहेरान प्रस्थान गरेका छन्।

खनालले उक्त कार्यक्रममा बिशेष बक्ताको रुपमा सम्बोधन गर्नेछन्। उक्त सम्मेलनमा एसिया, यूरोप, अफ्रिका लगायतका २४ मुलुकका ३८ नेता प्रतिनिधीको रुपमा सहभागी हुनेछन्। त्यहाँ रहँदा खनालको बिभिन्न देशका नेता र इरानी सरकारको मेतालेफेह पार्टीका नेतासंग दुई पक्षीय भेटवार्ता हुने खनालको निजी सचिवालयले जनाएको छ।

बैठकमा पूर्व प्रधानमन्त्री खनालका सहयोगीको रुपमा बिश्व प्रजातन्त्रिक युवा सघंका पूर्व उपाध्यक्ष योगेन्द्र शाही गएका छन्।

इरान जानुअघि खनालले आगामी दिनमा आइक्यापको बैठक, सम्मेलन नेपालमा गर्ने सम्भाबनाको बारेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। खनाल भावी प्रधानमन्त्री ओलीको सन्देश लिएर इरान प्रस्थान गरेको स्वकीय सचिव कृष्ण खनालले जानकारी दिए।

प्रकाशित: १७ माघ २०७४ १५:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App