१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

‘प्रधानन्यायाधीशबाट ज्यानको खतरा’ भन्दै वरिष्ठ अधिवक्ता भण्डारीले मागे सुरक्षा

जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै डा. केसी सहित वरिष्ठ अधिवक्ता भण्डारी। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं- प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यानमार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सुरक्षा माग्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन्।

डा. गोविन्द केसीको पक्षमा सर्वोच्चमा बहस गरेको आधारमा प्रतिशोध साँधी मुद्दाको बहस सकिना साथ पुस २६ गते र गत बिहीबार नागरिक दैनिकमा लेख प्रकाशित भएपछि फोन गरेर धम्की दिएको भण्डारीले निवेदनमा उल्लेख गरेका छन्। सोही सन्दर्भमा मंगलबार २ बजे केही मानिस आफ्नो कार्यालयमा आएर समेत धम्की दिएको भण्डारीले बताएका छन्।

आफ्नो जिउ ज्यानलाई प्रधानन्यायाधीश पराजुलीबाट खतरा रहेको भन्दै उनले आफ्नो सुरक्षा र ज्यानमा तलमाथी भए उनलाई कारबाहीको लागि समेत माग गरेका छन्। प्रधानन्यायाधीश पराजुलीको मोवाइल नम्बरबाट फोन गरेर धम्काएको उनले निवेदनमा उल्ले गरेका छन्।

भण्डारीले दर्ता गराएको निवेदन

प्रकाशित: १७ माघ २०७४ ०६:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App