काठमाडौं – नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको शुल्क वृद्धि फिर्ता लिन माग गरेको छ।
संघले शुक्रबार राजधानीमा बृहत दबाब -याली निकाल्दै वीरगञ्जमा सीमासम्बन्धि विवाद सुल्झाउन, विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बिमा, त्रिविको शुल्क वृद्धि फिर्ता, शैक्षिक बेरोजगार भत्ता र सबै स्थानीय तहमा सरकारी स्वामित्वमा प्राविधिक शिक्षालय लगायतका माग पूरा गर्न माग गरेको हो।
विश्वभाषा क्याम्पसबाट र्याली सुरु भई पुतलीसडक बागबजार हुँदै शान्तिबाटिकामा आयोजित कोणसभामा अध्यक्ष नैनसिंह महरले तत्काल मागहरु सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी दिए।
नेविसंघले पुस २४ देखि विभिन्न ७ बुंदे माग राखी संघर्षका कार्यक्रमहरु गर्दै आएको छ।
प्रकाशित: ५ माघ २०७४ १४:२९ शुक्रबार