१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अब देशलाई आर्थिक समृद्धितर्फ लिएर जानुपर्छः लेखक

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले देशलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्ने बताएका छन्।

सोमबार राजधानीमा सुदूरपश्चिम विद्यार्थी एकता समाजद्वारा माघीका अवसरमा आयोजित शुभकामना आदानप्रदान समारोहलाई सम्बोधन गर्दै नेता लेखकले भने– ‘अब देशलाई आर्थिक समृद्धितर्फ लिएर जानुपर्छ।’

विविधता समाजको सम्पत्ति भएको भन्दै उनले यसको जर्गेना गर्नुपर्नेमा जोड दिए। ‘हाम्रो समाजले विविध क्षेत्रमा प्रगति गरेको छ। विविधता समाजको समस्या होइन सम्पत्ति हो, यसको सामुहिक जर्गेनाको आवश्यकता छ’, लेखकले भने। समाजिक, सांस्कृतिक धरोहरलाई जर्गेना गर्नुपर्ने र यसो नभए समाज र राष्ट्र नै संकटमा पर्ने उनको भनाई थियो।

सुदूरपश्चिममा कठिनाई, समस्या र सम्भावना रहेको चर्चा गर्दै उनले विद्यार्थीलाई भने– ‘हाम्रो सुदूरपश्चिममा समस्यामात्रै होइन, ठूलो सम्भावना पनि छ। यो सम्भावनालाई साकार पार्न दक्ष जनशक्तिको आवश्यकता छ। तपाईहरु राम्रो पढाई गरेर आ–आफ्नो क्षेत्रमा दक्ष बन्नुस्।’

कार्यक्रममा विभिन्न संगठनका विद्यार्थी अगुवाले सुदूरपश्चिमको विद्यार्थी एकतामा जोड दिएका थिए।

प्रकाशित: १ माघ २०७४ १५:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App