६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

मन्त्रीसँग उपेन्द्र असन्तुष्ट

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टीको कार्यकारिणी समितिको बैठक यही मंसिर २५ गते बोलाएका छन्।

उक्त बैठकमा यही माघमा हुन लागेको राष्ट्रिय सभाको निर्वाचन, राष्ट्रिय राजनीति तथा  जसपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको काम कारबाहीप्रति समीक्षा हुने भएको छ।

पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार उक्त बैठकमा पार्टीले यही कात्तिक देखि सुरु गरेको संगठन सुदृढीकरण अभियानबारेमा पनि समीक्षा हुने भएको छ। संगठन सुदृढीकरण अभियान अहिले अन्तिम चरणमा पुगेको प्रवक्ता सुमनले बताए। जसपाको कार्यकारिणीमा १८ जना सदस्य छन्।

सरकारमा हाल जसपाबाट शिक्षामन्त्री अशोक राई र वनमन्त्री वीरेन्द्र महतो सहभागी छन्। यी दुई मन्त्रीले गरेको काम देखि पार्टी अध्यक्ष यादव सन्तुष्ट नभएको पार्टीका एक पदाधिकारीले बताए। उनले भने, ‘अध्यक्ष ज्यु तत्काल मन्त्री फेर्ने पक्षमा त हुनहुन्न तर पार्टीबाट सरकारमा सहभागी भएका  दुई मन्त्रीले गरेको काम देखि सन्तुष्ट हुनुहुन्न।

प्रकाशित: २० मंसिर २०८० १३:१६ बुधबार

अध्यक्ष उपेन्द्र यादव