७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

डा गोविन्द केसी पक्राउ

काठमाडौं – डा गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ। अदालतको अवहेलना गरेको भन्दै सर्वाेच्च अदालतले डा केसीलाई पक्राउ गरी मंगलबार विहान ९ बजे अदालतमा बुझाउन आदेश दिएपछि प्रहरीले त्रिभुवन शिक्षण अस्पतालस्थित अनसन बसेकै ठाउँबाट उनलाई पक्राउ गरेको हो।

उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरवारमा राख्ने तयारी गरिएको छ।

उनलाई पक्राउ गर्न दुई दर्जन प्रहरी भ्यानमा शिक्षण अस्पताल पुगेको थियो । अनशनस्थलमा पक्राउ पूर्जी पढेर सुनाएर उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

डा केसी सोमबार अपराह्न मात्रै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र उनले गरेका निर्णयमाथि छानविनको माग गर्दै अनशन सुरु गरेका थिए। लगत्तै सर्वाेच्च अदालतका न्यायाधीश डम्मरबहादुर शाहीको एकल इजलासले अवहेलना मुद्दामा केसीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।

प्रकाशित: २४ पुस २०७४ १४:१५ सोमबार

डा गोविन्द केसी पक्राउ