२६ कार्तिक २०८१ सोमबार
image/svg+xml
राजनीति

नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढ्योः मन्त्री लिम्बू

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढीरहेको बताएका छन्।

आज शुक्रवार काठमाडौंमा भएको राष्ट्रिय युवा नीति बहस सम्बन्धी राष्ट्रिय कार्यशालामा बोल्दै उनले यस्तो कुरा बताएका हुन।उनले विदेशी शक्तिका कारण देशमा अस्थिरता भएको बताए।उनले राजनीतिक क्षेत्र अस्थिर हुँदा देशमा विकास हुन नसक्ने बताए।उनले राजनीति किन गर्ने ? के पाइन्छ ? भन्ने खालको प्रश्न युवाहरुले गर्ने गरेको भन्दै अब राम्रोका लागि दबाब सिर्जना गर्ने र राम्रोका लागि सुझाव दिनुपर्ने आवश्यकता रहेको बताए।मन्त्री लिम्बूले अबको नीति अग्रज, युवा र भावि पुस्तालाई जोड्ने गरी निर्माण हुनुपर्ने बताए।

’मन्त्री लिम्बूले युवाहरुले आगामी दिनलाई उज्यालो बनाउन कसरी सकिन्छ भन्नेकुरामा जोड दिँदै नैराश्यता त्यागेर अघि बढ्न आग्रह गरे।उनले राजनीतिक क्षेत्रलाई सधैँ नकारात्मक दृष्टिकोणबाट नहेरी सुझाव र सुधार गर्दै अघि बढ्न आवश्यक रहेको बताए।उनले सार्वजनिक बिदाको व्यवस्थापनमा सरकारबाट युवा पुस्ताले चाहेको कुरा आफूले सुझाव लिन चाहेको बताए। 

प्रकाशित: १५ मंसिर २०८० १४:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App