९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जनमत पार्टीले वडा देखि प्रदेशसम्म अधिवेशन गर्ने

जनमत पार्टीले शुक्रबार देखि २०८१ वैशाख मसान्तसम्म वडा, पालिका, जिल्ला तथा प्रदेशसम्म अधिवेशन गर्ने कार्यतालिका बनाएको छ।

प्रदेश अधिवेशन सम्पन्न भइसके पछि नयाँ कार्यतालिका बनाइ राष्ट्रिय अधिवेशन गर्ने तयारी भएको जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले बताए।

उनका अनुसार शुक्रबारदेखि माघ १५सम्म सबै वडामा वडा अधिवेशन गरीसक्ने, नयाँ सदस्यता वितरण गर्ने, पुरानो सदस्यता नवीकरण गर्ने तथा प्रशिक्षण दिने कार्यक्रम बनाइएको छ।

यसै गरी माघ १५ देखि फागुन १५सम्म सबै पालिकामा पालिका अधिवेशन गरीसक्ने कार्यक्रम तय गरिएको छ। फागुन ३०सम्म सबै वडा र पालिकमा प्रक्रिया पूरा गरी गरिएको अधिवेशनको आधिकारिक माइन्युटिङ प्रतिलिपि केन्द्रीय सचिवालयलाई पठाउन पार्टीले मातहतका कमिटीलाई सर्कुलर गरेको छ।

पार्टीको साङ्गठनिक कामकारबाहीलाई अघि बढाउन, संगठन विस्तार गर्न तथा सशक्त संगठन निर्माण गर्न भन्दै जनमत पार्टीको सचिवालयले वडा देखि प्रदेशसम्म अधिवेशनको कार्यतालिका तय गरिएको प्रवक्ता यादवले बताए। उनका अनुसार यही चैत ३ गते सम्म जिल्ला अधिवेशन तथा २०८१वैशाख २४ देखि ३० गतेसम्म प्रदेश अधिवेशन गरीसक्ने कार्यतालिका सचिवालयले तय गरेको छ।

प्रकाशित: १५ मंसिर २०८० १४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App