काठमाडौं– सरकारले राष्ट्रिय सभा गठनका लागि माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको छ । बालुवाटारमा शुक्रबार बसेको आकस्मिक बैठकले माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि निर्वाचान आयोगले माघ २५ गते निर्वाचन गर्न सिफारिस गरेको थियो । आयोगले पुस २५ गतेसम्मलाई दल दर्ता आह्वान गरेको छ ।
प्रकाशित: २१ पुस २०७४ ११:२७ शुक्रबार