१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रीय समिति बैठक जारी, पार्टी एकता र चुनाब समीक्षा मुख्य एजेन्डा

पेरिसडाँडामा जारी माअाेवादी केन्द्रीय समिति बैठक। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं—  माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बैठकमा पार्टी एकता र चुनाब समीक्षा भइरहेको छ।

‘चुनावमा पार्टीले खेलेको भूमिका एवं एमालेसँगको पार्टी एकीकरणबारे बैठकमा छलफल भइरहेको छ’, स्रोतले भन्यो। यो बाहेक सरकारमा जाने विषय पनि छलफल कार्यसूचिमा छ।
 
स्थानीय चुनावमा काँग्रेससँग तालमेल गरेको चुनाबी अभियानमा होमिएको माओवादी तेस्रो ठूलो पार्टी भएको थियो। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेसँग तालमेल गर्दा माओवादीले प्रत्यक्षतर्फ दोस्रो ठूलो पार्टीको हैसियत बनाएको थियो। तालमेलमा जाने निर्णय सार्वजनिक गर्दा एमाले—माओवादीका शीर्ष नेताहरुले पार्टी एकीकरण समेत गर्ने जनाएका थिए। त्यतिबेला घोषणा गरिए पनि अन्तर पार्टी छलफल भने गरिएको थिएन।

चुनावी परिणाम आइसकेको अवस्थामा बसेको यो माओवादीको पहिलो केन्द्रीय समिति बैठक हो। बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेताहरु कृष्णबहादुर महरा, रामबहादुर थापासहितको उपस्थिति छ।

प्रकाशित: ३ पुस २०७४ ०६:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App