७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

दुई काँग्रेस, एक–एकमा राजपा र वाम गठबन्धन विजयी

रौतहट – प्रदेश नम्बर २ अन्तर्गत रौतहटको चारवटा प्रतिनिधि सभा र ८ वटा प्रदेश सभाको मतगणना कार्य सम्पन्न भएको छ । मुख्य निर्वाचन कार्यालय रौतहटले दिएको जानकारी अनुसार प्रतिनिधि सभामा नेपाली काँग्रेसले २ सिट र राजपा एक र वाम गठबन्धन एक निर्वाचन क्षेत्रमा विजयी भएका छन्।

क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका महम्द अफताव आलम र क्षेत्र नम्बर चारमा देव प्रसाद तिमल्सीनाले जित सुनिश्चित गरेका छन् ।

काँग्रेसका उमेदवार आफतावले १८८३३ मत प्राप्त गरी संघीय समाजवादी फोरम नेपालका उम्मेदवार किरण साहलाई १९६८ सयमतले पछाडि पर्दै विजयी भएका छन् । ४ नम्बर क्षेत्रमा तिमल्सिनाले २८२२८ मत प्राप्त गरी वाम गठबन्धनका उमेदवार डाक्टर वंशिधर मिश्रलाई ५२२२ मतले पछाडि पार्दै विजयी हासिल गरेका छन् ।

क्षेत्र १ मा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले २१४७२ मत प्राप्त गरी नेपाली काँग्रेसका सभापति एवं पुर्व सासंद कृष्ण प्रसाद यादवलाई ५५९८को भारी मतान्तरले पछाडि पार्दै राजपाको विजयीको सुरुवात गरेका थिए।

यस्तै क्षेत्र नम्वर ३ मा बाम गठबन्धनका उमेदवार प्रभु साहले २७७९९ मत प्राप्त गरी नेपाली काँग्रेसका पूर्व सासंद शुनिलकुमार यादवलाई ९५९३ मतले पछाडि पार्दै विजय हासिल गरेका छन् । अति नै लोकप्रिय एवं विकास प्रेमी नेताको रुपमा परिचित वाम गठबन्धका उमेदवार साहको कारण क्षेत्र नम्बर ३ मा प्रदेश क र ख मा समेत वाम गठबन्धनका पुरै प्यानल विजयी भएको छ । 

यसैगरी प्रदेश सभा अन्तर्गत ८ वटा सिट मध्ये १ स्थानमा राजपा, २ स्थानमा नेपाली काँग्रेस, २ स्थानमा वाम गठबन्धन, २ स्थानमा संघीय समाजवादी फोरम र १ स्थानमा राजपाका स्वतन्त्र उमेदवार विजयी भएका छन्।
 
क्षेत्र १ को प्रदेशसभा क मा राजपाका वावुलाल साह, ख मा ससफोका योगेन्द्र यादव, क्षेत्र नम्बर २ को प्रदेश सभा क मा नेपाली काँग्रेसका नागेन्द्र सिन्हा, ख मा ससफोका किशोरी यादव, क्षेत्र नम्बर ३ को प्रदेश सभा क मा एमालेका नागेन्द्र यादव, ख मा कुन्दन कुशवाहा र क्षेत्र नम्बर ४ को क मा धनलाल ठोकर, ख मा स्वतन्त्र उमेदवार अब्दुल कलाम अजाद विजयी भएका छन् ।  

प्रकाशित: २५ मंसिर २०७४ ०२:०९ सोमबार

दुई काँग्रेस एक–एकमा राजपा वाम गठबन्धन