१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

रुपन्देहीमा काँग्रेस–एमाले दुई–दुईमा विजयी, एकमा एमालेको अग्रता

भैरहवा— रुपन्देहीमा विजयी घोषणा भएका मध्ये एमाले दुई र नेपाली काँग्रेस दुई क्षेत्रमा विजयी भएका छन्। पाँच क्षेत्र रहेको जिल्लाको २ र ३ नम्बर क्षेत्रमा एमाले र ४ र ५ नम्बर क्षेत्रमा काँग्रेसका उम्मेदवारले जितेका हुन्। एमालेका नेताद्वय विष्णु पौडेले र घनश्याम भुसालले क्षेत्र २ र ३ बाट प्रतिनिधि सभामा विजयी भएका हुन्। नेपाली काँग्रेसका प्रमोद यादवले क्षेत्र ४ बाट र भरतकुमार शाहले क्षेत्र न ५ बाट जित हाँसिल गरेका छन्।

एमालेका उपमहासचिव बिष्णु पौडेल क्षेत्र न २ बाट भारी मतले बिजयी भएका छन्। पौडेलले काँग्रेसका युवराज गीरीलाइ २२ हजार ६३ मतले पछि पार्दै बिजयी भए। पौडेलले ४४ हजार ९ मत ल्याउदा काँग्रेसका गीरीले २१ हजार ९४६ मत ल्याए।

एमालेका अर्का उपमहासचिव घनश्याम भुसालले क्षेत्र न २ बाट जितेका हुन्। भुसालले लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका राप्रपा प्रजातान्त्रिकका दिपक बोहोरालाइ ५ हजार ४४४ मतले पछि पारे। भुसालले ३२ हजार ८६६ मत पाएका थिए।  बोहोराले २७ हजार ४२२ मत ल्याए।

क्षेत्र नं. ४ मा काँग्रेसका युवा उम्मेदवार प्रमोद यादवले जितेका छन्। यादवले ३१ हजार ७१८ मत सहित विजयी हुँदा राजपाका सर्बेन्द्रनाथ
शुक्लाले २० हजार ४१६ मत पाए। क्षेत्र नं. ५ मा काँग्रेसका भरतकुमार शाहले १३ हजार बढी मतले माओवादी केन्द्रका डिराराम आर्चायलाइ पराजित गरे। शाहले ३३ हजार ८८ मत पाएका छन्। बाम गठबन्दनका आर्चायले २० हजार ४३८ मत पाए।

मतग गणना भइरहेको क्षेत्र नम्बर १ मा एमालेका छविलाल विश्वकमा अगाडि छन्। क्षेत्र न १ का केही बक्सामा खसेको मत भन्दा करिब ६०÷६२ वटा मत कम भएपछि गएराती केही समय मतगणना रोकिएको थियो। ६ वटा बाकसको मतपत्र गन्दा ६२ मत कम भएपछि दलका प्रतिनिधिले बिरोध जनाएका थिए।

मुख्य निर्वाचन अधिकृत नरिश्वर भण्डारीले विवाद साम्य भइसकेको र गणना सुचारु भएको बताए। साँझसम्म जिल्लाको सबै मतपरिणाम सार्वजनिक हुने भण्डारीले जानकारी दिए ।

प्रकाशित: २४ मंसिर २०७४ ०२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App