७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

दाङमा डिल्ली चौधरी कांग्रेसका ‘एक्लो बिजेता’

दाङ— श्रमराज्य मन्त्री तथा नेपाली कांग्रेसका नेता डिल्लीवहादुर चौधरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। क्षेत्र नम्बर ३ प्रदेशसभा १ बाट उनि निर्वाचित भएका हुन्।

अहिलेसम्म कांग्रेसका निर्वाचित उम्मेदवार मध्य उनी एक्ला हुन्। १७ हजार ३५ मत प्राप्त गर्दै चौधरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

उनका प्रतिष्पर्धी एमालेका जगप्रसाद शर्माले १४ हजार ६ सय ९८ मत प्राप्त गरे। कांग्रेसको जीत शून्य अवस्थामा रहेकाबेला चौधरीको बिजयले कांग्रेसीहरुलाई राहत मिलेको छ।

प्रदेशसभा सदस्य निर्वाचित चौधरी पाँच नम्बर प्रदेशका मुख्य मन्त्रीका दाबेदार समेत हुन् ।

 

प्रकाशित: २४ मंसिर २०७४ ०१:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App