१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मुस्ताङमा एमालेको 'क्लिन स्विप'

पोखरा- पहिलो चरणको निर्वाचन अन्तर्गत गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मुस्ताङ जिल्लामा नेकपा (एमाले) विजयी भएको छ । 

मुस्ताङको प्रतिनिधिसभा सदस्यमा एमालेका प्रेमप्रसाद तुलाचन तीन हजार ५४४ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले तीन हजार २८१ मत ल्याएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख सीताराम शर्मा लामिछानेले जानकारी दिए।

त्यस्तै, प्रदेशसभा १ (क)मा एमालेका इन्द्रधारा विष्ट एक हजार १६७ मत ल्याई विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी मिक्युर गुरुङले ६५७ मत ल्याए।

यसैगरी, प्रदेशसभा १ (ख)मा एमालेकै महेन्द्रबहादुर थकालीले दुई हजार ५८४ मत ल्याई विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकाका छिरिङ गुरुङले दुई हजार २५९ मत प्राप्त गरे। नौ हजार ४२७ मतदाता रहेको मुस्ताङमा ६ हजार ७१४ मत खसेको थियो।

प्रकाशित: २२ मंसिर २०७४ ०३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App