५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

चितवनमा २० प्रतिशत मतदान

चितवन– प्रतिनिधि सभा प्रदेश सभा सदस्य निर्वाचनमा आज बिहानदेखि भइरहेको मतदानमा लगभग २० प्रतिशत मतदाताले मत हालिसकेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । ‘अघि १० बजेसम्म ठाउँ ठाउँका साथीहरुले गरेको रिपोर्टिङअनुसार २० प्रतिशतको हाराहारीममा मतदान भइसकेको बुझिन आएको छ’ कार्यालयका प्रमुख हरि ढकालले भने ।

बिहानैदेखि मतदाता उत्साहित भएर मतदान केन्द्रमा पुगेका थिए । तर स्थानीय तह निर्वाचनमा जस्तो भिडभाड यो पटक देखिएको छैन । चितवनमा प्रतिनिधि सभाका तीन र प्रदेश सभाका छ निर्वाचन क्षेत्र छन् । जिल्लाभारि कूल मतदाता संख्या तीन लाख ५४ हजार रहेको छ । १० बजे पछाडी मतदानको रफ्तार अझै बढ्ने अनुमान अधिकारीहरुको छ ।

जिल्लाका १६१ ठाउँमा ४०८ वटा मतदान केन्द्रहरु छन् । सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा नै मतदान भइरहेको निर्वाचन कार्यालयका प्रमुख ढकालले जानकारी दिए । बिहान चिसो हुने भएका कारण दिउँसो मतदाताहरुको भिडभाड हुन सक्ने मतदान अधिकृतहरुले बताएका छन् । स्थानीय तह निर्वाचनमा चितवनमा ७५ प्रतिशतको हाराहारीमा मत खसेको थियो । मतदानका लागि साँझ पाँच बजेसम्म मतदान स्थल भित्र पुगिसक्नु पर्ने छ ।

 

प्रकाशित: २१ मंसिर २०७४ ०५:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App