१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चुनाव विरोधी गतिविधि संलग्न आरोपमा प्रअ पक्राउ

खोटाङ– चुनाव विथोल्ने गतिविधिमा संलग्न भएको आरोपमा खोटाङमा नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठनमा आवद्ध प्रधानाध्यपक पक्राउ परेका छन्। मंसिर १० गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनकाक्रममा चुनाव बिरोधी गतिविधिमा संलग्न भएको आरोपमा लामीडाँडा गाउँपालिका–१ कुभिन्डेस्थित रत्नराज्यलक्ष्मी आधारभुत विद्यालयका प्रअ शेखर पोखरेल पक्राउ परेका हुन्।

चुनावका समयमा उम्मेद्वार, नेता तथा जनप्रतिनिधिको घरजग्गा कव्जा गर्ने, बम बिष्फोट गराउने लगायतका गतिविधिमा संलग्न भएको सूचनाका आधारमा पोखरेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए। आरोपित लामीडाँडा गाउँपालिका–२ खार्पा निवासी हुन् । पोखरेललाई शनिबार साँझ घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनको विषयमा अनुसन्धान भइरहेको डिएसपी थापाले बताए । निर्वाचनअघि र निर्वाचनका दिनसम्म चुनाव बिरोधी गतिविधि भए पनि प्रहरीले त्यस्ता गतिविधिमा संलग्नलाई हप्ता दिनपछि मात्र पक्राउ सुरु गरेको हो ।

चुनाव प्रभावित पार्नका लागि नेपाल कम्यूनिष्ट पार्टीले बाम गठबनधनकातर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बिशाल भट्टराई, कांग्रेसकातर्फबाट प्रदेशसभा (क) का कांग्रेस उम्मेद्वार सुवास पोखरेल, हलेसी चुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राई, लामीडाँडा गाउँपालिका प्रमुख लीलानाथ निरौला, राप्रपाका जिल्ला सदस्य राप्रपा नेता चन्द्रसिं बस्नेत र उनका छोरा गिरीराज बस्नेतको घरजग्गा कव्जा गरेको घोषणा गरेको थियो । उसले सबै नेताको घर छेउमा झण्डा गाडेर तथा विज्ञप्ती टाँसेर घर जग्गा कव्जा गरेको घोषणा गरेको थियो।

प्रकाशित: १७ मंसिर २०७४ ०९:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App